एजेन्सी, काठमाडौं,
जुनसुकै चरित्रमा पनि जीवन्त बाँच्न सक्ने खुबी भएका पंकज त्रिपाठीले गज्जवको निर्णय लिएका छन्। उनले यदी आफु अभिनित्र चलचित्र बक्स अफिसमा नचले पारिश्रमिक फिर्ता गर्नै बताएका छन् । फिल्म र सिरिज दुवैमा आफ्नो सशक्त प्रभाव छाडेका उनी सिरिजका त सबैभन्दा ठूलो ‘स्टार’ नै कहलिन्छन् र अभिनयमा पारंगत मानिन्छन्, । उनले ‘मिर्जापुर’, ‘क्रिमिनल जस्टिस’, ‘सेक्रेड गेम्स’ जस्ता थुप्रै सिरिजमा काम गरेका छन् । र, अधिकांश रुचाइएका छन् । फिल्ममा पनि उनको उपस्थिति जोडदार छ ।
करिब दुई दर्जन फिल्ममा काम गरिसकेका उनले एउटा निर्णय लिएका छन्, आफूले खेलेको फिल्मबाट निर्मातालाई आर्थिक घाटा भए पारिश्रमिक फिल्म गर्ने । उनी भन्छन्, ‘छायांकनको बेला म आफ्नो तर्फबाट शतप्रतिशत दिन्छु । यदि फिल्मले बक्स अफिसमा काम गर्न नसकेमा निर्मातालाई पारिश्रमिक फिर्ता गर्छु ।’ उनलाई आफूले बक्स अफिस विजनेश राम्ररी बुझेको छु भन्ने पनि लाग्छ ।
‘म बक्स अफिस विजनेश राम्ररी बुझ्दछु । आजसम्म मैले जति पनि फिल्ममा काम गरे, ती चलेका छन् र मैले पैसा फिर्ता गर्नुपरेको छैन,’ उनी अगाडि भन्छन्, ‘तर फिल्मले बक्स अफिसमा राम्रो गर्न नसकेको खण्डमा निर्मातालाई पैसा फर्काउँछ । मलाई थाहा छ गणित के हो ।’ यद्यपि, उनलाई फिल्म नचल्दा नराम्रो लाग्दैन । आफ्नो काम भनेको इमानदारपूर्वक गर्नु हो भन्ने पंकजलाई लाग्छ ।
विगत तीन वर्षमा वेब सिरिज र फिल्ममा उनको अत्याधिक व्यस्तता रह्यो । अब भने कामलाई कम गर्नुपर्छ भन्ने सोचमा पुगेका छन् । ‘अब ब्रेक लिएर काम कम गर्दैछु । ‘मैं अटल हूँ’ फिल्म सकेको भोलिपल्टै म ‘स्त्री २’को सेटमा थिएँ । र, अमर कौशिक ९‘स्त्री २’ निर्देशक०ले मलाई अटलजी लागिरहनुभएको छ भनेका थिए । यसपछि अब मैले काम कम गर्नुपर्छ भन्ने लाग्यो,’ पंकज सम्झन्छन् ।