उदयपुर । भाद्र ८
प्रादेशीक क्रिकेट संघ कोशी प्रदेशका अध्यक्ष सर्वजित राज पाण्डेले कोशी प्रदेशको सरकार गठनमा रहेको अन्यौलताका कारण कोशि प्रदेशको क्रिकेट लगायतका खेलहरु प्रभावित बनेको बताएका छन। उदयपुरको सदरमुकाम गाईघाटमा आज शनिबार बसेको प्रदेश कमिटिको पूर्ण वैठकको क्रममा उनले यो कुरा बताएका हुन।
प्रादेशीक क्रिकेट संघ कोशी प्रदेशको नियमिति कार्यक्रम अनुसार जिल्ला भ्रमण तथा बैठकका क्रममा अध्यक्ष पाण्डेले प्रदेशले सम्बन्धित खेलकुद मन्त्रालयमा कार्ययोजना प्रस्तुत गरेता पनि वजेट कार्यन्वयवनको समयमा सरकार बन्ने र ढल्ने क्रमका कारण योजनाहरु सफल हुन नसकेको बताएका छन्। बैठककै क्रममा बोल्दै उनले हाल प्रदेश अन्तरगत १४ मध्ये ५ जिल्लाले मात्र प्रतियोगितामा सहभागिता जनाईरहेता पनि निकट भविष्यमा माथिल्लो भेगका जिल्लाहरुमा पनि क्रिकेट खेलको विकास संगै सहभागि संख्या बढाउनेमा जोड दिएका छन् । पछिल्लो समय कोशी प्रदेशको टोलीको निराशा जनक प्रदर्शनका विषयमा उनले विगत भन्दा यस वर्ष फरक रुपमा प्रदेशको टोली तयार गर्नै बताएका छन। अध्यक्ष पाण्डे क्रिकेट खेलको विकासका हिसावले झापा, मोरङ, सुनसरी भन्दा बढि प्राथमिकतामा उदयपुर र इलाम रहेको बताएका छन् ।
आज बसको प्रदेश कमिटिको बैठकले स्थगित रहेको अन्डर १९ पुरुष क्रिकेट प्रतियोगित संचालन, नगर स्तरमा एकेडेमीको सुरुवात, वार्षिक कार्यक्रम क्यालेण्डर निमार्णका विषयमा छलफल भएको संघका सचिव टिकाराम पुरीले बताएका छन भने प्रदेशको टोली लाई स्वागत तथा सत्कार जिल्ला क्रिकेट संघ उदयपुरका अध्यक्ष एल्विन बस्नेत र उपाध्यक्ष राजकुमार शर्माले गरेका थिए ।
वैठक पछि प्रदेश र जिल्लाका टोली त्रियुगा नगरपालिका तथा कोशी प्रदेश उप सभामुख श्रृजना दनुवारको सहयोगमा निर्माण भईरहेको त्रिनपा वडा नं १२ को क्रिकेट खेलमैदानको अध्ययन अवलोकन गरेका थिए । अवलोकन पश्चात अध्यक्ष पाण्डेले यसको निर्माणका लागि प्रदेश तथा केन्द्रमा पहल गर्ने बताएका थिए।