सिरहा
असोज ५ गते सिरहाको लहानमा सम्मपन्न भएको वाईवाई लिटिल आइकन लहानको ग्राण्ड फिनालेमा शारदा नमुना एकेडेमीकी छात्रा अन्शु जैशवाल विजेता बनेकी छिन । करिब ३ महिना चलेको कार्यक्रमको ग्राण्ड फिनाले लहान १ स्थित शारदा नमुना मा विको हाता भित्र सम्पन्न भएको थियो ।
विङस इन्टरटेन्मेन्टको आयोजनामा संचालित उक्त कार्यक्रममा १८२ जना सहभागि लाई पछि पार्दै शारदा नमुना माविकी अंशु जैशवाल प्रथम, नेश्नल एकेडेमीका अमृत राई दितिय र पब्लिक एम्सका शिवम चौधरी तृतिय भएका थिए । प्रतियोगिहरुलाई पुरस्कार स्वरुप प्लस २को छात्रबृेति, ताज, ट्रफी संगै सलिको इन्स्योरेन्सका तर्फबाट क्रमशः ३ लाख, २ लाख र १ लाखको दुघटना विमा उपलब्ध गराइएको छ। साथै फिनालेमा सहभागि १२ प्रतियोगिलाई सिजि फुड्स वाईवाई र शिक्षा एजुकेश्नलका तर्फबाट गिफ्ट ह्याम्पर उपलब्ध गराइएको थियो । सहभागि १२ प्रतियोििगले बे्स्ट वाल्क, बेस्ट ड्रेस गरि १६ वटा विभिन्न उपाधी आफ्नो नाम पार्न सफल भएका थिए ।
प्रतियोगिताको मुख्य निर्णायकमा सुचनाको हकका लागि राष्ट्रिय संजालका केन्दि«य सदस्य तथा वरिष्ट संचारकर्मी अजय कुमार शाह रहेका थिए भने अन्य निर्णायककमा इन्टरनेश्नल ब्युटिसियन एकेडेमीका संचालिका तथा समाजसेवी निरम बस्नेत र मिस्टर नेपाल २०२४ का फाईनलिस्ट तथा मस्ट टयालेन्टेड अवार्ड विजेता पिन्टु संयाल रहेका थिए । कार्यक्रमको उदघाटन लहान उधोग वाण्जिय संघका पर्व अध्यष अशोक अमात्यले गरेका थिए । कार्यक्रममा एम एलेभेन डान्स स्टुडियो र गायक जागेश ठाकुरको विशेष प्रस्तुती रहेको थियो ।